नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको निर्वाचन र आमसञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा निर्वाचन तयारीबारे सुरक्षा प्रमुखहरु र निर्वाचन कार्यालयका प्रमुखले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन । मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिका सहितका निर्वाचन सामग्री पुगिसकेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको दिनका लागि मतदाता, मतदान सामाग्री, मतपेटिक, कर्मचारीको सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी सात हजार ८५१ जना एकीकृत सुरक्षा याजना अनुसार परिचालन गरिएको जानकारी दिनु भयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।मोरङका ११० जना उम्मेदवार मध्ये ६० जनाले मात्रै निर्वाचन खर्चका लागि बैंक खाता सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
