विराटनगरउद्योग संगठन मोरङद्वारा ५ उत्कृष्ट स्टलड एक्सिलेन्स अवार्ड द्वरा सम्मानित भएकाे छ।
उद्योग संगठन मोरङले ‘घर निर्माण प्रदर्शनी २०८२’ मा पाँच स्टललाई एक्सिलेन्स अवार्ड प्रदान गरेको छ। सोमबार विराटनगरमा आयोजित प्रदर्शनीको समापन समारोहमा विभिन्न मापदण्डका आधारमा छनोट गरिएका पाँच स्टललाई उत्कृष्ट घोषणा गर्दै अवार्ड प्रदान गरिएको हो।

0-4024×1784-0-0-{}-0-12#
उद्योग संगठन मोरङले चैत १२ देखि १६ गतेसम्म काठमाडौँ बाहिर पहिलो पटक कोशी प्रदेशको राजधानी विराटनगरस्थित जैन भवनको प्राङ्गणमा उक्त प्रदर्शनी आयोजना गरेको थियो। प्रदर्शनीमा ८० भन्दा बढी उद्योगीका स्टल सहभागी थिए।
समापन समारोहमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेप, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी तथा उपाध्यक्ष एवं प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छाले उत्कृष्ट स्टलका प्रतिनिधिहरूलाई एक्सिलेन्स अवार्ड प्रदान गरेका थिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले देशको विषम आर्थिक परिस्थितिमा स्वदेशी उत्पादनको प्रवर्द्धन तथा सिथिल बजारलाई चलायमान बनाउन यस्तो प्रदर्शनी महत्त्वपूर्ण रहेको बताए।
उनले उद्योग संगठन मोरङको पहल सराहनीय रहेको वताउनु भएकाे छ।
