विराटनगर । विराटनगरस्थित मार्ट्स मेमोरियल स्कुलको भवनमा आगलागी भएको छ। आगलागीबाट विद्यालयका केही शैक्षिक सामग्री जलेर नष्ट भएका छन्।
विद्यालयका अध्यक्ष सीएम श्रेष्ठका अनुसार आगलागीबाट भवनमा क्षति पुगे पनि पठनपाठन प्रभावित हुने छैन। आगलागीबाट विज्ञान प्रयोगशाला, कम्प्युटर, प्रिन्टर, एसी, स्टेपलाइजरलगायतका सामग्री जलेका छन्।
आगलागीबाट ठूलो क्षति भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले समयमै दमकल आइपुगेका कारण थप क्षति हुन नपाएको बताए। उनका अनुसार आगलागी भएको भवनको मर्मतसम्भार आजैदेखि सुरु गरिएको छ।
विद्यालय प्रशासनले आगलागीबाट क्षति भए पनि नियमित पठनपाठन सञ्चालन हुने जनाएको छ।
