विराटनगरमा ७औं साइक्लोथन प्रतियोगित हुनै। ।

Logo
प्रकाशित बुधबार, चैत्र १८, २०८२

रोटरी क्लब अफ विराटनगर (फ्यूजन) ले यही चैत २१ गते शनिबार विराटनगरमा ७औं संस्करणको साइक्लोथन प्रतियोगिताको आयोजना गर्न लागेको छ ।
रोटरी क्लब अफ विराटनगरले बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो। उक्त अवसरमा अध्यक्ष साेनि गुप्ताले जानकारी गराएका थिए।
प्रतियोगितामा महिलाहरूको मात्र सहभागिता रहनेछ भने गियर र बिना गियर दुई विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजेताले रु. १५ हजार, उपविजेताले रु. १० हजार र तेस्रो हुनेले रु. ७ हजार पुरस्कार प्राप्त गर्नेछन्।
सहभागी हुने ५०० जनालाई १/१ जोर स्पोर्ट्स जुत्ता प्रदान गरिनेछ। साथै विद्यार्थीहरूका लागि ५० प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको छ, जसका लागि विद्यार्थी परिचयपत्र अनिवार्य गरिएको छ।
यस प्रतियोगिताबाट बचत हुने रकम कटहरि गाउँ पालिका वडा न४ मा शौचालयविहीन ५० विपन्न परिवारका लागि शौचालय निर्माणमा खर्च गरिनेछ।

एक घरमा शौचालय निर्माण गर्न ३५ हजार रुपैयाँभन्दा बढी लागत लाग्ने बताइएको छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]