विराटनगर । वैशाख ५ गते दमक– बेलडाँगीस्थित वान वाटिका हंसे–दुम्से सामुदायिक वन मा ४४औँ हप्ताको श्रमदान कार्यक्रम सम्पन्न भएको छ। उक्त जानकारी दुर्गामाया राईले दिनुभएको हो।
श्रमदान कार्यक्रमअन्तर्गत वन क्षेत्रभित्र बढेको झाडी तथा घाँस सरसफाइ गरिएको थियो। यस क्षेत्रमा विगतमा राज्यले ठूलो योजना अन्तर्गत पार्क निर्माण गर्ने प्रयास अघि सारेको भए पनि हाल त्यहाँका संरचनाहरू जीर्ण अवस्थामा पुगेका छन्। लामो समयदेखि उचित हेरचाह नहुँदा वन क्षेत्र घाँस र झाडीले ढाकिएको स्थानीयहरूले बताएका छन्।
आज सम्पन्न श्रमदानमार्फत फैलिएको घाँस तथा झाडी हटाई वातावरणलाई सफा र व्यवस्थित बनाउने प्रयास गरिएको आयोजकहरूको भनाइ छ। स्थानीयवासीहरूको सक्रिय सहभागिताले सरसफाइ तथा संरक्षणमा सकारात्मक प्रभाव परेको जनाइएको छ।
यस प्रकारका नियमित श्रमदान कार्यक्रमहरूले स्थानीय विकास, वातावरण संरक्षण तथा क्षेत्रको सौन्दर्य वृद्धि गर्ने उदेश्य लिइएकाे छ।
