विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रामा यसपटक डिजे पूर्ण प्रतिबन्ध।

Logo
प्रकाशित बिहिबार, भाद्र १८, २०८३

विराटनगरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रामा यसपटक डिजे पूर्ण रूपमा प्रतिबन्ध लगाइने भएको छ। रथयात्राको धार्मिक आस्था र परम्परालाई प्राथमिकता दिँदै डिजे प्रतिबन्ध गर्ने निर्णय गरिएको श्रीराधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिएका छन्।
डिजे तथा आधुनिक गीतसंगीतको सट्टा भजन–कीर्तन र धार्मिक मन्त्रलाई प्राथमिकता दिइनेछ। रथयात्राका क्रममा दुईवटा हर्नमार्फत ‘राधे–कृष्ण’लगायत धार्मिक मन्त्र तथा भजन बजाइने समितिले जनाएको छ।

श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बुधवार पत्रकार सम्मेलन गरेर ९५औं संस्करणको रथयात्राबाट प्राप्त दान भेटीको रकम प्रधानमन्त्री बालेन शाहको दैविक प्रकोप राहत कोष मार्फत रसुवाको बाढीपीडित परिवारलाई सहयोग गर्ने जानकारी गराए ।

श्रीराधाकृष्ण मन्दिर समितिका उपाध्यक्ष नन्दकिशोर राठी, सचिव कृष्ण कार्की र कोषाध्यक्ष नरेश राठी पत्रकार सम्मेलनमा सहभागी थिए । विराटनगर–३ मानगढस्थित श्रीराधाकृष्ण मन्दिर मूल समारोह समितिले बुधवार पत्रकार सम्मेलन गरेर रथयात्राको रुट बारे जानकारी गराए ।
विगतमा डिजे तथा गीतसंगीत बजाउने सवारीसाधनका कारण भीड अनियन्त्रित हुने, झगडा तथा अन्य गतिविधि बढ्ने र रथयात्राको धार्मिक स्वरूपमा असर पर्ने गरेको समितिको भनाइ छ। बाहिरबाट आउने डिजे गाडीलाई समेत रथयात्रामा सहभागी हुन नदिइने र सहभागी भएको पाइएमा कारबाही गरिने अध्यक्ष रेग्मीले स्पष्ट पारे।
रथयात्रा भदौ २० गते शनिबार दिउँसो ३ः३० बजे राधाकृष्ण मन्दिरबाट सुरु हुनेछ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]