विराटनगर । १८बैशाख समाजवादी ट्रेड युनियन प्रदेश समितिमहासंघको कोशी प्रदेश समितिले १३४औं मजदुर दिवस भवय रूपमा मनाएकाे छ। साे अवसरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि तथा यस प्रदेशका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले जनता समाजवादी पार्टी मा विगतमा भएका कमिकमजाेरीलाई समिक्षा गर्दै बलियो बनाउन उपस्थिति सबै नेता कार्यकर्ताहरू समक्ष अग्रह गर्नु भयाे। १३४औं मजदुर दिवसकाे अवसमा बाेलदे मन्त्री लिम्बूले कोशी नाम खारेज गर्नु पर्ने माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधरहरुले गरिरहेकाे आन्दोलन मा सबै मिलेर सड र सदन दुबै ठाउँमा एकसाथ आन्दोलन गर्नुपर्नेमा जाेड दिनुभयो ।आफुहरू पहिचान वादी भएकाेले पहिचानको मुद्दा लाई जाेडताेका साथ उठाउदै आएकाे हाे। जसपाका केन्द्रिय सदस्य सञ्जय सिंह, जसपा नेपालका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वस्वास्थय मन्त्री जयराम यादव, जसपा नेपालका केन्द्रिय सदस्य तथा समाजवादी ट्रेड यूनियन महासंघ केन्द्रिय समितिका सहइन्चार्ज जोगिलाल यादवले मजदुरहरूकाे वारेमा बखान गर्नु भयाे। जसपा नेपालका केन्द्रिय सदस्य सदिना खातुन, जसपा नेपाल मोरङका उपाध्यक्ष मन्तलाल यादव, कोषाध्यक्ष विनिता सिंह र समाजवादी ट्रेड यूनियन महासंघ कोशी प्रदेश अध्यक्ष मो. नसरुले नमाकरण काे विषयलाई भईरहेकाे आन्दोलनमा तनमन धनका साथ आफुहरू लागने जनाउनु भयाे। समितिका सचिव विकास मण्डलले मजदुरको हक हित र अधिकारको बारेमा धारणा व्यक्त गरेका थिए ।