उत्पीडित समुदायलाई उत्पीडनबाट मुक्त गरी समान अवसर सुनिश्चित हुनुपर्छ अध्यक्ष ःयादव।

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०८३

विराटनगर । अग्रगामी मोर्चा प्रदेश समितिको आयोजनामा विराटनगरमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
‎कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उत्पीडित समुदायको अधिकार र समान अवसरको विषयलाई प्रमुखताका साथ उठाउनुभएको छ।
‎अध्यक्ष यादवले उत्पीडनमा परेका समुदायलाई सदाका लागि उत्पीडनबाट मुक्त गराउनु र सबैलाई समान अवसर सुनिश्चित गर्नु आफ्नो पार्टीको महत्वपूर्ण माग तथा मुद्दा रहेको बताउनुभयो।
‎उहाँले समाजमा विद्यमान विभेद, असमानता र उत्पीडनको अन्त्य गर्दै सबै समुदायलाई समान अधिकार, सम्मान र अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।
‎कार्यक्रममा मोर्चाका नेताहरू जनार्दन शर्मा, प्रभु साहलगायतका वक्ताहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो।
‎जसपा नेपाल १ नम्बर प्रदेश समितिका अध्यक्ष दीपक याख्खाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]