जनता समाजवादी पार्टी(जसपा) ले मोरङ अध्यक्ष राजकुमार यादवलाई विराटनगर महानगर रक्षकले दुर्व्यवहार गरेको बताएको छ। जसपा महानगर समितले अध्यक्ष यादवलाई दुर्व्यवहार गर्ने नगर रक्षकलाई बर्खास्त गरी कारबाही नगरेकाले शुक्रबारदेखि आन्दोलनकाे घोषणा गरेको छ । जसपा महानगर समितिका उपा अध्यक्ष माे०नसरूले पत्रकार सम्मेलन गरी यस्तो वताउनभएकाे छ।नगरकअध्यक्षलाई अमानवीय व्यवहार गर्ने नगर रक्षकलाई तत्काल बर्खास्त गरी कारबाही काे माग गर्नु भईकाे छ।, ´ विराटनगर महानगरले सडक पार्किङ हटाउने नाममा सर्वसाधारण, व्यवसायिहरूलाई, सिटी रिक्सालगायत साना सवारी चालक, मोटरसाइकल चालकलाई अनावश्यक दुःख दिने काम तत्काल रोक्नु पर्छ ।`
जसपा मोरङका सचिव राछामी किरातीले बिहीबार विज्ञप्ति जारी गरी अध्यक्ष यादवलाई दुर्व्यवहार गर्ने नगर रक्षकलाई तत्काल कारबाही नगरिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएकोजसपा नेपाल मोरङका अध्यक्ष तथा कोशी प्रदेश समितिका उपाध्यक्ष राजकुमार यादव र नगर रक्षकबीच बुधबार कोशी अस्पताल अगाडि सिटी सफारी पार्किङको विषयमा समान्य विवाद भएको थियो ।
त्यही विवादलाई मुद्दा बनाएर नगर रक्षकले विराटनगर महानगरपालिकामा नगर रक्षककाे टाेलिबोलाएर औषधि व्यवसायी सञ्चालन गरिरदेआएका जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष यादवलाई पसलबाट बाहिर निकालेर समातेर लछारपछार गर्दै वडा प्रहरी कार्यालय विराटनगरमा बुझाएका थिए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र नगर रक्षक प्रमुख प्रहरी निरीक्षक राजन पौडेल वडा प्रहरी कार्यालयमै गएर यादवलाई छुटाएका थिए । जसपा नेपालले पार्टीका मोरङ जिल्ला अध्यक्षलाई विराटनगर महानगरपालिकाको नगर रक्षकले अपमान गरेको भन्दै त्यसलाई बर्खास्त गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन । साे बिषयलाई लिएर लेकतान्त्रिक समाजवादी पार्टी नेपाल माेरङका अध्यक्ष माे० कादिरले एक विज्ञप्ति जारी गर्दै दाेशिलाई कडाभन्दा कडा कार्वाही काे मागरिएकाे छ।