विराटनगर अशाेज १४गते विराटनगरमा महानगर पालिका वडा न१४काे सहयाेग तथा जागृत महिला समाज माेरङकाे आयाेजनामा भव्य रूपमा प्रथम जितिया पर्व समारोह २०८० सबिराटम्पन्न भएकाे छ। विशेष पर्वकाे रूपमा तराईका जिल्लाहरूमा याेपर्व मनाउदैआएकाे छ। तराईबासी विभिन्न समुदायका महिलाहरुले अत्यन्त निष्ठा र श्रद्धापुर्वक मनाउने पर्व हो । सन्तानको आरोग्यताको कामनासहित यो पर्व मनाउने गरिन्छ । २०८० सालको जितियापर्व असोज २० गते परेको छ ।साे कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १४का वडाअध्यक्ष सुर्यनारायण महताे, वडा न१८का वडा अध्यक्ष जितेन्द्र साह, वडा न१४ सदस्य दिना यादव ,वडाका सचिव पृथ्वी बस्नेत ,विनिता सिंह , याेगेन्द्र यादव, प्रदिप यादव, मन्तलाल यादव,सुशील यादव ,ध्रमप्रकाश यादव, गिता यादव, बदमिया गुडिया साह गुडिया साह ,जनता वालमा विका प्रअ राजेश प्रसाद यादव, साे कार्यक्रममा ,सा्स्कृत तथा झिझिया जितियाका विभिन्न किसिमका नृत्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा स्थानीय कलाकारहरूकाे उपस्थितमा जितिया पर्व मनाउने प्रदर्शनी गरेका थिए। कार्यक्रमकाे सञ्चालनमा जय प्रकाश महताेले गरेका थिए।जागृत महिला समाजका अध्यक्ष ममता यादवकाे अध्यक्षतामा समापन भएकाे थियाे।