विदेश पठाउने नाउमा लाखौं रकम ठगी

Logo
प्रकाशित बुधबार, माघ ०३, २०८०

विराटनर,सोनु बिक्रम साहलाई विदेश पठाई दिने विराटनगर महानगरपालिका वडा नं. ८ बस्ने नाजनी खातुनले एक दर्जन व्यक्ति लगायत मसंग लाखौ रकम लिई ठगी गरेको आरोप लगाएको छ । पत्रकार सम्मेलनकाे आयाेजनागरी सुनसरी जिल्ला इटहरी उपमहानगर पालिका वडा नं. १७ का सोनु बिक्रम साह र उनका श्रीमती पुष्पा साहले एजेन्ट खातुनलाई रकम ठगीगरेको आरोप आरोप लगाएको हो । विदेश पठाईदिने भन्दै ३ लाख ३५ हजार रुपैयाँ ठगी गर्नुको साथै म जस्तै एक जर्दन व्यक्तिलाई ठगी गरेको आरोप लगाएका छन् । पिडीत साहले खातुनलाई ज्योति विकास बैंकको खाँतामा २०८० श्रावन १५ गते रकम जम्मा गरिदिएमका थिए । साह र उनका श्रीमति पुष्पा साहलाई खातुनले दुवेई पठाउनका लागि रकम लिएको पिडितले वताएका छन्र । खातुनले रकम लिए पछि दुवै जनाको नाममा नक्कली भिसा र नक्कली हवाई जहाजको टिकट दिएर २०८० कार्तिक ११ गते विदेश जानका लागि काठमाण्डौं पठाएका थिए । उनीहरु दुवैजना विदेश जान नपाए पछि १२ दिनपछि घरफर्किएको साहले वताए ।
घर फर्किसकेपछि एजेन्टसंग किन ठगीगरेको भन्दा कम्पनीको काम बन्दभएको भन्दै आलटाल गरेको पिडीत साहले वताए । खातुनसंग पटक पटक आफ्नो रकम फिर्ता माग्दा खातुनले उल्टै उच्च अदालत विराटनगरमा २०८० असोज १ गते हातपात र गालीगलोजको मुद्दा दर्ता गराएको साहले गुनासो पाेखे । खातुनले साहलाई रकम फिर्ता दिन्छु भनेर पटक–पटक दुबै पक्ष बीच कगज गरेपनि रकम फिर्ता दिन नचाहेको साहको आरोप छ ।
साह द्धयले जिल्ला प्रशासन कार्यालय मोरंगमा विदेश पठाई दिने भनेर रकम लएको तर विदेश नपठाई ठगी गरेको भन्दै रकम फिर्ता गराई पाउँ असोज ६ गते उजुरी दर्ता गराएका थिए । शाहका अनुसार विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने सफि अहमद खाँ, सोनु विक्रम साह र पुष्पा कुमारी साहलाई वैदेशिक रोजगारका लागि दुवई पठाउँछु भनेर नगद ८ लाख ९५ हजार लिएको सो रकम सुनसरी बर्जु गाउँपालका वडा नं. ३ को निर बहादुर गुरुङ्ग र नाजनी खातुनले तिर्छु भनी सहमती गरेता पनि सो रकम तिर्न आलटाल गरेको र उजुरी दिए पनि प्रशासनले समेत कुनै कारवाही नगरेको शाहकाे आरोप रहेकाेछ । ऋण लिएर विदेश पुगी पैसा कमाउने सपना देखेका साह द्धय अन्तर्राष्ट्रिय विमान स्थलबाट घर फर्किएर रकम फिर्ता गराउन र न्याय पाउनको लागि विभिन्न निकायहरूमा हारगुहार गर्दै भौतारी रहेका छन् ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]