विराटनगर माघ २५गते।जनता समाजबादी पार्टी नेपाल,धनपालथान गाउँपालिका को पुनर्गठन सम्पन्न भएकाे छ। आज सिंहजी कृषि उपवन काे प्रागणमा जसपा धनपालथान गाउँ पालिकाकाे पुनर्गठन गरेका छन्र। जसपा नेपालका राजनैतिक समिति सदस्य तथा समाजवादी किसन महासङ का केन्द्रिय अध्यक्ष सन्जय सिंह को प्रमुख आतिथ्यमा बसेकाे बैठक बाट पुनर्गठन गरी प्रमोद कुमार शर्मा को अध्यक्षतामा १५ सदस्य समिति गठन भएकाे छ।
उपाध्यक्ष रन्जु राय ,दिपक कुमार मण्डल, सचिवमा अनिल, सरदार कोषाध्यक्ष अप्सरा खवास रहेका छन् ।
त्यसेगरी सदस्यहरूमा विजय कुमार महताे,मनाेज ठाकुरलगायत १५ सदस्य समिति गठन भएकाे हाे। पुनर्गठन बाट धनपाल गाउँपालिका समिति चयन भएको छ। उक्त कार्यक्रममा केन्द्रिय राजनैतिक समिति सदस्य रन्जु बर्मा, केन्द्रिय सदस्य सुरेश सिंह गनगाइ प्रदेश १ को सचिव अनिल कुमार ठाकुर , केन्द्रीय सदस्य सदिना खातुन ,कुन्ता राई जिल्ला का वा अध्यक्ष मन्त लाल यादव,जिल्ला कोषाध्यक्ष बिनिता सिंह , जसपाका युवा का जिल्ला अध्यक्ष सुशील यादव, महिला नेतृ वदमिया साह लगायत को उपस्थित रहेका थिए साेकुरा पार्टीले जनाएकाे छ।