

नेपाल यादव सेवा समितिले एउटै मञ्च बाट चार जना यादव समुदायका पत्रकारलाई सम्मान गरेका छन्र। नेपाल सेवा समितिको विराटनगर महानगर समितिले शुक्रबार विराटनगरमा आयोजना गरेको होली मिलन समारोहका बिच चारै जना यादव पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य एवं चिरफार डटकम अनलाइनका अध्यक्ष तथा प्रधान सम्पादक ब्रह्मदेव यादवालाई समितिले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो । होली मिलन समारोहमा विराट प्रेस अनलाइनका अध्यक्ष तथा प्रधानसम्पादक मुकेश कुमार यादव, एक्सप्रेस अनलाइनका अध्यक्ष सुशिल यादव र मकालु टेलिभिजनका ,सम्वाददाता सुनिल यादवलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेका छन्र । नेपाल सेवा समितिको विराटनगर महानगर समितिले भब्य रूपमा हाेलि समारोह समपन्न गरेका छन्। साे समाराेहमा विराटनगरमा छरिएर बसोवास गरिरहेका यादव समुदाय बिच नजिकको सम्बन्ध कायम गर्ने उद्देश्यका साथ होली मिलन समारोहको आयोजना गरिएको समितिका विराटनगर महानगर अध्यक्ष विरेन्द्र यादवले बताउनु भयाे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल यादव सेवा समिति मोरङका अध्यक्ष महेश्वर यादव,समितिका सल्लाहकार राजकुमार यादवले यादव जातिका बारेमा बाखान गरेका थिए।साे कार्यक्रममा सुनसरी ,माेरङग,झापागरी तीन जिल्लाका अध्यक्षहरूले मन्तव्य राखेका थिए। विराटनगर महानगर समितिका उपाध्यक्ष कृष्ण लाल यादव ,सचिव राकेश रोशन यादवले चारै जना पत्रकारलाई दाेसल्ला ओैढाएर सम्मानपत्र प्रदानगरी सम्मान गरेका थिए ।