विराटनगर विराट गोल्डकप ट्रष्टले आफै आयोजना गर्दैछ । ट्रष्टले बुधबार विराटनगरकाे शहिद रंगशालामाआयाेजित पत्रकार सम्मेलबाट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
ट्रष्टका अध्यक्ष तथा फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष किशोरबहादुर शाहीले २०८० साल चैत्र १५ देखि २४ गतेसम्म विराटनगर स्थित शहिद रंगशालमा आयोजना हुन लागेको फुटबल प्रतियोगितामा नेपालका ७, भारतका २ र भुटानका १ गरी ३ देशका १० टोलीको सहभागिता रहेको जानकारी गराएको छ । प्रतियोगिताको विजेता टोलीले ११ लाख र उपविजेता टोलीले ५ लाख ५० हजार नगद सहित शिल्ड पाउने भएका छन्र ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराट गोल्डकप नाइट फुटबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएकछ।
प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार, उत्कृष्ट गोल रक्षकलाई नगद २१ हजार, सर्वाधिक गोल कर्तालाई नगद २१ हजार, प्रत्येक दिन खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गर्ने अध्यक्ष शाहीले बतएका छन। प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख ३४ हजार रुपैयाँ खर्च हुनेछ आयाेजक जनाएकाे छ।