

आज समाजवादी ट्रेड युनियन महासंघ प्रदेश नं. १ले श्रमिक दिवस को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा मिल्सएरियामा सरसफाई कार्यक्रमकाे आयाेजनागरी श्रमिक दिवस मनाएका छन। साे अवसरमा महासंघका प्रदेशका अध्यक्ष मो. नसरुलले बेरोजगारी समस्य काे समाधान नभए देश विकास सम्भ नहुने उनले बताए। प्रदेश सचिव बिकास मण्डल लगायतले शुभकामना व्यक्त गरेका थिए। मिल्स एरियाको बैंक रोड देखि दक्षिण हुलासमेटल चौक सम्मकाे सडक सरसफाई गरी दिवस मनाएका थिए। जसपाका का वाअध्यक्ष मन्तलाल यादव, जिल्ला सह सचिव दिनेश साह, प्रचारप्रसार विभाग प्रवक्ता राकेश रोशन यादव, पार्टीका महानगर समितिका कोषाध्यक्ष रुस्तम अलि, जिल्ला सदस्य हरिनारायण साह, महानगर सदस्यहरु सन्जय साह, अरविन्द मण्डल, मन्जु देवी शर्मा, ललिता देवी पासवान,वडा नं १६ का वडा सदस्य राजेन्द्र कामत, महासंघका जिल्ला अध्यक्ष सत्यनारायण यादव, प्रदेश सदस्यहरु लालबाबु साह, शंकर साह, त्रिलोक झा, सोनेलाल गुप्ता, कृष्णचन चौधरी, महिचन यादव, बागमती प्लास्टीक तथा रिलायन्स स्पीनिङ मिलका श्रमिकहरु, श्रमिक दिवस को शुभकामना व्यक्त गरेकाथिए।