जनता समाजवादी पार्टी नेपालको एकताको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा पेश भएको पार्टीको राजनीतिक प्रतिवेदनमा समूहगत सुझासहि पारित भएको छ ।
मंगलबार बिहान ९ बजेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द यादवले १९ बुँदामा समेटिएको ३१ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेकाे छ।समूह विभाजन गरेर खाना समयका लागि बन्दसत्र स्थगन गरिएको थियो ।
करिब तीन घण्टा लगातार प्रतिवेदन वाचन गरेका अध्यक्ष यादवले त्यसपछि जसपा नेपालका कार्यकारिणी सदस्य लालबाबु राउतलाई वाचन गर्ने जिम्मा दिएका थिए ।
‘राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका लागि १० वटा समूहमा विभाजन गरेका थिए । प्रत्येक समूहका १२० जना प्रतिनिधि सहभागी रहेका छन् । समूहगत छलफलपछि प्रतिनिधिहरुको तर्फबाट आवश्यक सुझावसहित प्रतिवेदन पारित भएकाे हाे।, जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले भने राजनीतिक प्रतिवेदनपछि क्रमशः विधान संशोधन, लेखा परीक्षण प्रतिवेदन प्रस्तुत हुने नेता चेम्जोङको भनाइ रहेकाे छ।
महाधिवेशनको बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरुको ब्यापक सहभागिता रहेको छ । महाधिवेशनको बन्दसत्रस्थल भरिएकोछ । मध्यान्ह १२ बजेसम्ममा साढे १२ सय ५१ जना प्रतिनिधिले उपस्थिति गराएका छन् । प्रतिनिधि संख्या १३ सय हाराहारी रहेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभएकाे छ ।
जनता समाजवादी पार्टी नेपालको एकताको पहिलो राष्ट्रीय महाधिवेशनामा भोलि बुधबार केन्द्रीय समिति चयनको लागि निर्वाचन कार्यक्रम तय गरिएको छ ।