मोरङमा पार्टी फुटको कुनै असर छैन : अध्यक्ष यादव

Logo
प्रकाशित मंगलबार, भाद्र १८, २०८१

विराटनगर भदौ १८गते जनता समाजवादी पार्टीको प्रदेश स्तरीय आधारभूत सङ्गठन कार्यक्रममा स्वागत गर्दै मोरङ जिल्लामा पार्टी फुटको कुनै असर नरहेको जसपा नेपाल मोरङका जिल्ला अध्यक्ष राजकुमार यादवले वताउनु भएकाे छ ।

जनजनमा घरघरमा जसपा नेपालका कार्यकर्ता उत्पादन र परिचालन अहिलेको आवश्यकता, पदाधिकारी, कार्यकारिणी समिति चयनमा कतै त्रुटि भएको हो कि ? पुनर्विचार आवश्यक रहेको समाजवादी किसान महासंघ अध्यक्ष एवम् केन्द्रीय सदस्य सञ्जय सिंहको भनाई रहेकाे छ पार्टीभित्र सम्मान खोजिन्छ, मनको पीडा पार्टीभित्र नराखेर कहाँ राख्ने उनको प्रश्न रहेकाे थियो ।
पटक पटक पार्टी विभाजन गराइए पनि उपेन्द्र यादव झन झन बलियो बन्दै गएको कार्यकारिणी समिति सदस्य जयराम यादवले दावी गरे । पार्टी महाधिवेशनम चुनाव नभएकोले समावेशी चरित्रको पार्टी बनेको जिकिर गर्दै उनले भने -‘चुनाव गरिएको भए एकाध केन्द्रीय सदस्य बहेक पदाधिकारीमा यादव सेवा समाजको झल्को आउन सक्थ्यो कि उनकाे तर्क रहेकाे छ।
पार्टीलाई राष्टिय चरित्रको बनाउन अब पहाडमा केन्द्रित हुनुपर्ने केन्द्रीय कार्यकारिणी सदस्य डा. के के राईको जोड दिएका थिए । युवा पुस्तालाई पहाडमै कसरी टिकाउने र पार्टीमा कसरी आकर्षित गर्ने ? बारे ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

पटक पटक पार्टी विभाजन गराइए पनि उपेन्द्र यादव झन झन बलियो बन्दै गएको कार्यकारिणी समिति सदस्य जयराम यादवले दावी गरे । पार्टी महाधिवेशनम चुनाव नभएकोले समावेशी चरित्रको पार्टी बनेको जिकिर गर्दै उनले भने -‘चुनाव गरिएको भए एकाध केन्द्रीय सदस्य बहेक पदाधिकारीमा यादव सेवा समाजको झल्को आउन सक्थ्यो ।’

प्रदेश १ मा जारी कोशी खारेजीको आन्दोलन जारी रहेको अवस्थामा आन्दोलन कम्जोर पार्न जसपाका मतियारहरुलाई प्रयोग गरेर पार्टी विभाजन गराइएको सचिव लाक्पा शेर्पाले दावी गरे ।

कार्यक्रम प्रदेश अध्यक्ष दिपक याक्खाको अध्यक्षतामा सुरु भएको हो । जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, सह अध्यक्ष रकम चेम्जोङ, महासचिव रामकुमार शर्मा, रेखा यादव सचिवहरु राजकुमार राई, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता लगायतकाका व्यक्तिहरूकाे उपस्थित रहेका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]