विराटनगर भदाै,१८ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र लोकतान्त्रिक गणतन्त्र संस्थागत संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । जनता समाजवादी पार्टीनेपालकाे प्रदेश स्तरीय आधारभूत सङ्गठन निर्माण अभियानलाई सम्बोधनका क्रममा उहाँले सबै जाती र समुदायको स्वामित्व तथा अपन्पत ग्रहण हुने खालकाे बनाउन र संविधान संशोधन गर्नुपर्ने उहाँले राजनीतिक स्थायित्वका लागि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अहिलेको आवश्यकता रहेको बताउनु भएकाे छ । अध्यक्ष यादवले समानुपातिक समावेशीता निर्वाचन प्रणालीमा त्रुटि भए त्यसलाई सच्याएर सङ्घीयता कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष यादवले मुलुकमा प्रजातन्त्र पुनर्स्थापना भएको ३५ वर्ष बितिसक्दा पनि मुलुकले गति लिन नसकेको आराेप लगाउनु भयो। चार महिना सम्म जसपा अभियन्ता अभिमुखिकरण अभियान संचालन गर्ने र एकल जातिय शासक विरुद्ध देश भर आन्दोलन गर्ने जसपा केन्द्रीय अध्यक्ष यादवले यस्तो वताउनुभएकाे छ। अध्यक्ष यादवले कार्यक्रममा बाेलदे सरका गठन भए देखि आाज सम्ममा भ्रष्टाचार नियन्त्रण ,किसाहरूलाई राहतदिने, वेराेजगारीहरूलाई राेजगार दिनुपर्ने जस्ता कुरामा अहिलेकाे सरकार असफल भई सकेकाे उनकाे धारणा रहेकाे छ। बिराटनगरस्थित अतिथि सदनमा कार्यक्रममा झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट पार्टीका अगुवा कार्यकर्ताको प्रतिनिधिमूलक सहभागिता रहकाे थियाे । ‘
पार्टी महाधिवेशनपछिको उर्जा र सन्देशलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले याेकार्यक्रमकाे आयोजना गरिएको हो ।हजाराै भन्दग बढी अगुवा कार्यकर्ताहरू कार्यक्रममा सहभागी भएका थिए। उक्त अभियान्ता अभिमूखिकरण अभियान कार्यक्रम जसपा नेपाल १ नं. प्रदेश अध्यक्ष दिपक याँखाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। ।