विराटनगर : नेकपा एमाले मोरङ जिल्ला संगठन कमिटीको आयोजनामा हुन गइरहेको विराटनगर महानगर स्तरीय अभिमुखीकरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
भदौ २६ गते विराटनगरमा जिल्ला कमिटीको आयोजना तथा विराटनगर महानगर कमिटीको संयोजनमा हुने अभिमुखीकरण कार्यक्रमको तयारी पुरा भएको हो ।
आज विराटनगर स्थित एमाले पार्टी कार्यलयमा आयोजित अभिमुखीकरण कार्यक्रमको तयारी बैठकमा बोल्दै नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर महानगरपालिका इञ्चार्ज पर्शुराम बस्नेतले महानगर कमिटीका गतिविधिहरू थप चलायामान बनाउने र महानगर कमिटीमा आवद्ध पार्टीसदस्यहरूलाई सैद्धान्तिकरूपमा प्रशिक्षित गर्ने उदेश्य साथ अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने बताउनु भयो ।
बस्नेतले हालै जिल्ला संगठन कमिटीका सदस्यहरू नयाँ जिम्मेवारी साथ भूगोलमा खटिरहनु भएकोमा अभिमुखीकरण कार्यक्रमले प्रदेश , जिल्ला र महानगर कमिटीबिच थप सहकार्य र समन्वय स्थापित गर्नेमा विश्वस्त रहेको धारणा व्यक्त गर्नु भएको थियो ।
विराटनगर महानगरपालिकाका सचिव रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकमा महानगरका १९ वटै वडाका अध्यक्ष र इञ्चार्ज , महानगर कार्यलय समितिका सदस्य तथा क्षेत्रिय समन्वय कमिटीका पदाधिकारीहरूको सहभागिता रहेको जानकारी दिनु भयो ।
त्यस्तै , बैठकमा सचिव कोइरालाले एमाले कोशी प्रदेश कमिटीको निर्णय अनुसार विराटनगर महानगरपालिकाको इञ्चार्जको भूमिकामा आउनु भएको बस्नेतलाई स्वागत तथा सम्मान समेत गर्नु भएको थियो ।