नो कोशी र नो केबलकार गोष्ठी सुरु ।

Logo
प्रकाशित शनिबार, बैशाख २०, २०८२

धरान ।
‘कोशी नाम र केबलकार खारेज तथा पहिचान आन्दोलनको कार्यदिशा विषयक विचार गोष्ठी ‘ सुनसरीको धरानमा सुरु भएको छ ।


जसपा नेपाल १ नम्बर प्रदेश पुन: नामाङ्कन आन्दोलन परिचालन तथा समन्वय समितिको आयोजना रहेको सो कार्यक्रममा प्रमुख वक्ताका रूपमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थिति रहेको छ । पार्टीनिकट आन्दोलन परिचालन समिति संयोजक एवम् पार्टी सह – अध्यक्ष रकम चेम्जोङले विषय प्रवेश गरेको गोष्ठीमा राजनीतिक विश्लेषक एवम् लेखक खगेन्द्र संग्रौला, राष्ट्रीय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्गा, मुक्कुमलुङ संरक्षण समिति संयोजक श्री लिङ्खिम वक्ता रहेकाछन् ।

धरान १५ स्थित सदन स्कूलको सभाहलमा सुरु गोष्ठीका सहभागीलाई जसपा नेपाल प्रदेश १ अध्यक्ष दीपक याक्खाले स्वागत गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्यकारिणी र सदस्यहरु, प्रदेश पदाधिकारी, सदस्यहरु, राष्ट्रीय समितिका पदाधिकारी र सदस्यहरुलगायत जिल्ला तहका नेता सहभागी छन् ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]