जनता समाजवादी पार्टी नेपालको प्रथम मोरङ जिल्ला अधिवेशन वैशाख २९ र ३० गते हुने

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०८२

विराटनगर, मोरङ — जनता समाजवादी पार्टी नेपाल (जसपा) मोरङको प्रथम जिल्ला अधिवेशन वैशाख २९ र ३० गते विराटनगरस्थित मारवाडी सेवा सदनमा सम्पन्न हुने भएको छ। अधिवेशनमा करिब ६ सय प्रतिनिधि र ५० जना पर्यवेक्षकको सहभागिता रहनेछ।

जसपा नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। अधिवेशनको प्रचारप्रसार उपसमितिको संयोजक राकेश रोशन यादव रहेका छन् भने सदस्यहरूमा हरिनारायण साह, कुशेश्वर राजवंशी, मुकेश यादव र सुनिल यादव रहेका छन्।

जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जसपा मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। पार्टी अध्यक्ष राजकुमार यादवका अनुसार अधिवेशनबाट ५१ सदस्यीय नयाँ मोरङ जिल्ला समिति गठन गरिनेछ।

जिल्ला अधिवेशनअगाडि पार्टीले मोरङका १७ वटा स्थानीय तहमा पालिका स्तरीय अधिवेशन सञ्चालन गरिरहेको छ। अहिलेसम्म ११ वटामा अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी पालिकामा अधिवेशन प्रक्रिया जारी छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]