आधारभूत पत्रकारिता तालिम सुरू।

Logo
प्रकाशित मंगलबार, जेठ २८, २०८२

आधारभूत पत्रकारिता तालिम सुरू

बिराटनगर, नेपाल — नेपाल पत्रकार महासंघ मोरङले सात दिने आधारभूत पत्रकारिता तालिम सुरू गरेको छ। तालिमको आयोजना महासंघले गरेको हो भने कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।
उक्त तालिममा ३५जना तालिममा सहभागी भएका थिए।
तालिमको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले गर्नुभयो। उहाँले पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै पत्रकारले सत्य, निष्पक्ष र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेलले सहभागी धेरै हुने तर निरन्तरता कम देखिने गरेको उल्लेख गर्दै पत्रकारिता क्षेत्र संकटमा परेको बताए। यसलाई जिम्मेवार बनाउने दायित्व सबैको रहेको उहाँले बताए।

कार्यक्रमको अध्यक्षता महासंघ मोरङकी अध्यक्ष शुसिला पाठकले गर्नुभएको थियो। कार्यक्रममा प्रेस युनियन मोरङका अध्यक्ष बेदराज पौडेल, प्रेस चौतारी मोरङका अध्यक्ष चिना थापा, प्रेस सेन्टर मोरङका अध्यक्ष नविन कर्ण, प्रेस मञ्च नेपाल मोरङका अध्यक्ष मुकेश कुमार यादव, वरिष्ठ पत्रकार शेखर रेग्मी र महेन्द्र विष्टको उपस्थिति रहेको थियो।

कार्यक्रम संचालन महासंघ मोरङका सचिव नेत्र पी. अधिकारीले गर्नुभएको थियाे।
साे तालिममा सुनसरी , माेरङ, झापा लगायतबाट सहभागीहरू रहेका छन् ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]