सातदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न।

Logo
प्रकाशित आइतबार, आषाढ ०१, २०८२

सातदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

विराटनगर । नेपाल पत्रकार महासंघको आयोजनामा र आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा सञ्चालित सातदिने आधारभूत पत्रकारिता तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

पत्रकारिता प्रतिको रुचि भएका विद्यार्थीहरू र यस क्षेत्रमा भविष्य निर्माण गर्न चाहने इच्छुक व्यक्तिहरूलाई लक्षित गरी सञ्चालित तालिममा पत्रकारितासम्बन्धी आधारभूत ज्ञान प्रदान गरिएको थियो।

तालिममा नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षकहरू र नेपाल पत्रकार महासंघसँग आबद्ध अनुभवी पत्रकारहरूले प्रशिक्षण दिएका थिए। प्रशिक्षक महेन्द्र विष्ट, यज्ञ शर्मा, बन्धु पोखरेल, कुमार लुइँटेल लगायतले सञ्चार, आम सञ्चार, समाचार लेखन, आचारसंहिता, समाचारको मूल्य, प्रकार र स्रोत, फोटो पत्रकारिता, संसदीय पत्रकारिता, अनलाइन सञ्चार माध्यम र पत्रकारितामा कृत्रिम बुद्धिमत्ताको (AI) प्रयोग जस्ता विषयमा प्रशिक्षण दिएका थिए।

विराटनगर महानगरपालिका, लेटाङ, सुन्दरहरैंचा, धनपालथान लगायतका पालिकाबाट सहभागी तीन दर्जन भन्दा बढी प्रशिक्षार्थीहरूले तालिममा सहभागिता जनाएका थिए।

तालिम समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। समारोहमा प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदित, प्रेस युनियन मोरङ अध्यक्ष वेदराज पौडेल, प्रेस मञ्च नेपाल मोरङ अध्यक्ष मुकेश कुमार यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा समापन समारोहका प्रमुख अतिथि कमल रिमालको उपस्थिति रहेको थियो। कार्यक्रम महासंघ मोरङ अध्यक्ष सुशिला पाठकको अध्यक्षतामा सम्पन्न भएको थियाे।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]