गोल्डेन अस्पतालले सहुलियत दरमा शल्यक्रिया सेवा दिने

Logo
प्रकाशित बिहिबार, आषाढ २६, २०८२

विराटनगर, साउन २५ — विराटनगरस्थित गोल्डेन अस्पतालले अब शल्यक्रिया सेवामा ठूलो छुट दिने घोषणा गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आम जनताका लागि सहज र सुलभ सेवा पुर्‍याउने उद्देश्यले अस्पतालले यो योजना सार्वजनिक गरेको हो।

अस्पतालको सभाहलमा पत्रकार सम्मेलन गर्दै अस्पतालका निर्देशक सनातन मण्डलले स्वास्थ्य बीमाले तोकेको दरभन्दा सस्तोमा उपचार सेवा प्रदान गरिने जानकारी दिए। “हाम्रो उद्देश्य नाफा कमाउनु होइन, जनताको स्वास्थ्य सेवामा योगदान पुर्‍याउनु हो,” उनले भने।
प्रबन्धक निर्देशक डा. श्यामकुमार रौनियारले यो निर्णयलाई नेपाली स्वास्थ्य प्रणालीमा ऐतिहासिक कदमको रूपमा उल्लेख गरे। उनका अनुसार, विशेष गरी लामो समयदेखि शल्यक्रियाको पर्खाइमा रहेका विरामीहरूका लागि यो योजना महत्वपूर्ण बन्नेछ।

अस्पतालले विभिन्न शल्यक्रियामा तोकेको सहुलियत दर यस्तो छ:
हाइड्रोसिल शल्यक्रिया — रु. १९,९९९
एपेन्डिक्स शल्यक्रिया — रु. १९,९९९
पाठेघरको शल्यक्रिया — रु. २४,९९९
सिजेरियन डेलिभरी — रु. १५,०००
सामान्य डेलिभरी — रु. ४,९९९
अनुहारको शल्यक्रिया — रु. ३४,९९९
कानको जालि फुटेको शल्यक्रिया — रु. २४,९९९
मूत्रनलीमा पथरी शल्यक्रिया — रु. २४,९९९
टन्सिल शल्यक्रिया — रु. २९,९९९
नाक बाङ्गो शल्यक्रिया — रु. २९,९९९
किड्नीको पथरी शल्यक्रिया — रु. ३४,९९९
पित्त थैलीको पथरी शल्यक्रिया — रु. ३९,४९९
सबै खालकाशल्यक्रियाहरू १०–१५ वर्षको अनुभव भएका एमएस तथा एमडी डिग्री प्राप्त वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट सञ्चालन भईरहेकाे छ। अस्पतालले सेवा विश्वसनीय, सुरक्षित र गुणस्तरीय हुने दाबी गरेको छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]