जसपा नेपालकाे सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न ।

Logo
प्रकाशित शनिबार, साउन ०४, २०८२

विराटनगर, ३ साउन —
जनता समाजवादी पार्टीको आज बिराटनगरको महेन्द्र पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रममा नवगठित कार्यसमितिकाे सपथग्रहण सम्पन्न गरेको छ।

जिल्ला अध्यक्षमा राजकुमार यादव निर्विरोध चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा मन्तलाल यादव र हकुमुदिन मियाँ, सचिवमा हरिनारायण साह, उपसचिवमा राकेश रोशन यादव तथा कोषाध्यक्षमा विनित सिंह चयन भएका छन्।

कार्यसमितिमा ३८ जना सदस्यहरूको पनि घोषणा गरिएको छ। सदस्यहरूमा सुमित्रा देवी यादव, किरण राय अमात, रामचन्द्र आलम, अशोक कुमार यादव, आशादेवी साह, राजेन्द्र प्रसाद साह, महिचन्द यादव, रामबहादुर यादव, किरण यादव, कमलेस कामत लगायत अन्यको समावेश गरिएको छ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री जयराम यादव,केन्द्री सदस्य संजय सिंह प्रदेश १ का अध्यक्ष दीपक याखाले पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।

सपथग्रहण कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेताहरूले पार्टीको संगठनलाई थप मजबुत बनाउँदै जनताका मुद्दा उठाउन एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

नयाँ कार्यसमिति र सदस्यहरूले पार्टीमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पार्टीलाई सशक्त बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]