राधाकृष्ण नव–रथमा विराटनगरमा ९४ औं रथयात्रा महोत्सवहुने।

Logo
प्रकाशित मंगलबार, साउन १४, २०८२

बिराटनगर जन्माष्टमीको अवसरमा विराटनगरस्थित ऐतिहासिक राधाकृष्ण मन्दिरबाट यस वर्षको रथयात्रा नव–निर्मित रथमार्फत भव्य रुपमा आयोजना गरिने भएको छ। ९४ औं रथयात्रा महोत्सवको तयारी तीव्र गतिमा भइरहेको राधाकृष्ण रथयात्रा समारोह समिति २०८२ का अध्यक्ष कैलाश रेग्मीले जानकारी दिएका छन्।

नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा पत्रकार सम्मेलन गरी अध्यक्ष रेग्मीले २१ फिट ३ इञ्च उचाइ, १४ फिट चौडाइ, १९ फिट लम्बाइ तथा ८ फिटको जुवा रहेको नव–निर्मित रथमा राधाकृष्णलाई विराजमान गराई भाद्र १ गते आइतवार दिउँसो रथयात्रा निकालिने जानकारी दिए। रथयात्रा विराटनगर–१, २ र ३ को संगमस्थल पानीटंकी पोखरीया क्षेत्रबाट सुरु हुनेछ।

वि.सं. १९८८ सालदेखि ‘खटयात्रा’को रूपमा शुरू भएको यो जात्रा वि.सं. २०२५ सालदेखि रथमा परम्परागत शैलीमा जारी छ। यस वर्षको महोत्सवमा नेपाल तथा भारतका विभिन्न समुदाय, जाति र लिङ्गसमूहका करिब ५ लाख श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।

रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड, ट्राफिक चौक, रोडशेष, महेन्द्र चौक, धरान रोड, वरगाछी, दुर्गा चौक हुँदै मन्दिर परिसरमै फर्किनेछ। रथले ९ किलोमिटरको दूरी ६ घण्टाको अवधिमा पार गर्नेछ भने बाटोभरि जम्मा ४४ स्थानमा विश्राम गरिनेछ।

समारोहको सफलताका लागि १००१ सदस्यीय मूल समिति तथा १६ वटा उप–समिति गठन गरिएको अध्यक्ष रेग्मीले बताए। ऐतिहासिक रथयात्रालाई भव्य, सभ्य र व्यवस्थित बनाउन समिति पूर्ण रूपमा सक्रिय रहेको छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]