थारूकल्यानकारी सभा मोरङ नेतृत्व विवादमा अदालतको टुंगो, विश्वास नेतृत्व वैधानिक।

Logo
प्रकाशित आइतबार, भाद्र १५, २०८२

थारू कल्याणकारिणी सभा मोरङ नेतृत्व विवादमा अदालतको टुंगो, विश्वास नेतृत्व वैधानिक

विराटनगर ।दुई वर्षदेखि थारु कल्याणकारिणी सभा (थाकस) मोरङमा चलिरहेको नेतृत्व विवाद जिल्ला अदालत मोरङले निरुपण गरेको छ।

जिल्ला अदालत मोरङले वादी प्रदीपकुमार भगत थारुले दायर गरेको किर्ते जालसाजी मुद्दामा दावी नपुग्ने फैसलासँगै २०८० चैत ७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदीपकुमार विश्वास नेतृत्वको कार्यसमिति नै वैधानिक भएको पुष्टि गरेको हो।

उक्त निर्वाचनमा २७२ मत खसेकोमा विश्वासले १५४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका थिए।

विश्वासले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अदालतको फैसलाले विवाद अन्त्य भएकाले अब संस्थाले कामको गति बढाउने बताए। उनले विवाद सिर्जना गर्न थाकस केन्द्रीय समितिको भूमिका रहेको आरोपसमेत लगाए।

वादी भगतले २०८० पुस २६ गते विश्वास र निर्वाचन अधिकृत जयराम पञ्जियार विरुद्ध जिल्ला अदालत मोरङमा किर्ते जालसाजी मुद्दा दायर गरेका थिए। तर, असार ८ गते जिल्ला न्यायाधीश जुद्धबहादुर आलेको इजलासले दावी नपुग्ने ठहर गरेको हो।

फैसलाको पूर्णपाठ आएपछि थाकस मोरङले लामो समयदेखिको विवाद अन्त्य भएको प्रतिक्रिया दिएको छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]