जनताले पिउने पानी पनि शुद्ध पाइरहेका छैनन् : अध्यक्ष यादव

Logo
प्रकाशित सोमबार, भाद्र १६, २०८२

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले
जलस्रोतमा देश धनी छ तर यहाँका जनताले पिउने पानी पनि शुद्ध नपाएर हैजा फैलिँदा अनाहकमा ज्यान गुमाइरहेका छन् । ३५ वर्षदेखि निरन्तर कांग्रेस–कम्युनिस्टको सरकार छ तर न शुद्ध खानेपानी दिन सक्यो, न त किसानका लागि सिँचाइ नै पुर्‍याउन सक्यो ।’
मधेसी पार्टीहरूलाई विभाजन गराउने शक्तिहरूको अहिले अत्तोपत्तो नरहेको बताएका छन्।

संघीय लोकतान्त्रिक मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको जनजागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अधिकार मागेर हाेईन खाेसेर लिनेबलाआएकाे वताउनु भएकाे छ। मधेसी आदिवासी जनजाति दलित , पिछडा वर्गलगायत झन्डै देशकाे दुई तिहाइभन्दा जनसंख्या मधेशी उदाउँदो शक्तिलाई कमजोर बनाउनका लागि मधेसी दलहरूलाई विभाजन गराइएको स्वीकार गरे।

अध्यक्ष यादवले विभाजनका कारण मधेसी पार्टीका नेताहरू अलपत्र अवस्थामा संघर्ष गरिरहेको भन्दै गहिरो चिन्ता व्यक्त गरे। उनले मधेसी दलहरू एक भएर अगाडि बढेको दिन शासक वर्गहरू भाग्ने चेतावनी दिए। सोही दिन देशमा नक्कली नभई पहिचानसहितको वास्तविक संघीयता स्थापना हुने उनको दाबी थियो। हाल कायम रहेको संघीयतालाई उनले ुनक्कली संघीयताको उपमा दिएका छन्।

जनतालाई एकताका लागि तयारी अवस्थामा रहन आह्वान गर्दै अध्यक्ष यादवले मधेसी दलहरूको एकताले मात्र आफ्नो हक अधिकार र पहिचान सुनिश्चित हुनेमा जोड दिए। यस अभियानले मधेसी समुदायलाई एकताबद्ध गरी सशक्त आन्दोलनका लागि प्रेरित गर्ने लक्ष्य राखेको छ।

जनजागरण अभियानलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका संयोजक राजेन्द्र महतो, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृखेशचन्द्र लाललगायतका शीर्ष नेताहरूले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि मधेसी मुद्दा र पहिचानको राजनीतिलाई थप बलियो बनाउन एकताको विकल्प नभएकोमा जोड दिएका थिए। यो अभियान मधेसी दलहरूबीच नयाँ ध्रुवीकरणको संकेतका रूपमा समेत हेरिएको छ।जसपा नेपाल माेरङका जिल्ला अध्यक्ष राजकुमार यादवकाे अध्यक्ष्तामा समपन्न भएका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]