संसारी खबर अनलाइन पोर्टलको विधिवत रूपमा शुभारम्भ

Logo
प्रकाशित बिहिबार, भाद्र १९, २०८२

विराटनगर, भदौ १९ – संसारी खबर अनलाइन पोर्टलको बुधबार पूजाअर्चना गर्दै विधिवत रूपमा शुभारम्भ गरिएको छ।

शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले रिबन काटेर प्रेस खबरद्वारा सञ्चालित संसारी खबरको उद्घाटन गरेका हुन्। विराटनगर–८ स्थित अष्ट चरणजिवी मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले पत्रकारिता मर्यादित, उत्तरदायी र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिएका थिए। उनले संसारी खबरले देश–विदेशमा लोकप्रियता कायम गर्न सफल होस् भन्ने शुभकामना पनि व्यक्त गरे।

कार्यक्रमका विशिष्ट अतिथिमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य माननीय जयराम यादव, विराटनगर–८ का वडाध्यक्ष राम पोखरेल, नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुसिला पाठक, उपाध्यक्ष सन्तोष सिग्देललगायतका अतिथिहरूले पनि संसारी खबरको सफलताको शुभकामना दिएका थिए।

सो अवसरमा पत्रकारसँग सम्बन्धित विभिन्न संघ–संगठनका प्रतिनिधि, सञ्चार माध्यमका सञ्चालक, पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

संसारी खबर अनलाइनको शुभारम्भ कार्यक्रम पोर्टलका प्रबन्ध निर्देशक सुनिल यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]