

विराटनगर, बिहीबार – जेन–जी युवा पुस्ताको समूहले विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनका कारण वातावरण केही तनावग्रस्त बनेको बताइएको छ।
दीपल बन्जरा र जमसेद नेतृत्वको समूहले अब बन्ने अन्तरिम सरकारको कार्यकारी प्रमुखमा पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम प्रस्ताव गरेका छन्।
समूहले अघि सारेका प्रमुख मागहरूमा राजनीतिक दलबाट सांसद भइसकेका व्यक्तिले पुनः चुनाव लड्न नपाउने, राजनीतिक दलका भातृ संगठनमाथि प्रतिबन्ध लगाउने तथा राजनीतिक दलका संघ–संगठनलाई खारेज गर्नुपर्ने रहेका छन्।