जसपा नेपालको प्रदेश १ का अध्यक्षमा पुनः दिपक याखा

Logo
प्रकाशित सोमबार, आश्विन २७, २०८२


विराटनगर, असोज २७ – जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रदेश नं. १ (कोशी) को एकताको प्रथम अधिवेशनबाट दिपक याखा सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्ष पुनः निर्वाचित भएका छन्।

उपाध्यक्षमा हस्तशोभा राई, अनिल कुमार ठाकुर र विष्णु कुमार लावती गरी तीन जना निर्वाचित भएका छन्। त्यस्तै, मुख्य सचिवमा घनश्याम कट्वाल, सचिवहरूमा आइत चेम्जोङ, मनोज यादव र दीपेन्द्र रुम्दाली राई निर्विरोध रूपमा चयन भएका छन्।

कोषाध्यक्षमा केशव जबेगू लिम्बू निर्विरोध निर्वाचित भएका छन् भने सदस्यमा सेविका मण्डल, सूर्यनारायण यादवसहित ४८ सदस्यीय कार्यसमिति गठन गरिएको जसपा नेपालका केन्द्रीय सदस्य कमन देवानले जानकारी दिनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार, “राष्ट्रपतिले विज्ञहरू समावेश गरी सरकार निर्माण गरे मात्र देशमा शान्ति र सुशासन कायम हुन सक्छ।”

अध्यक्ष यादवले हालको संसदीय प्रणालीको स्वरूप परिवर्तन गरी संविधान पुनर्लेखन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, वर्तमान सात प्रदेशीय संरचना पर्याप्त नभई दश प्रदेशीय संरचना उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सह–अध्यक्ष रकम चेम्जोङ, केन्द्रीय सचिव राजकुमार राई, केन्द्रीय सदस्य जयराम यादव, सञ्जय सिंह, मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवलगायतका नेताहरूले मन्तव्य राखेका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]