सञ्चारकर्मी सञ्चार सहकारीको १४औं साधारणसभामा उत्कृष्ट विद्यार्थीसहित दश जनालाई सम्मान।

Logo
प्रकाशित शुक्रबार, कार्तिक १५, २०८२

विराटनगर ।कोशी प्रदेशका पत्रकारहरूले स्थापना गरेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा विराटनगरमा सम्पन्न भएको छ। कार्यक्रममा उत्कृष्ट विद्यार्थीसहित विभिन्न क्षेत्रका योगदानकर्तासहित दश जनालाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि मोरङका जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेले सहकारीका शेयर सदस्यका सन्तानमध्ये एसईई र सीटीईभीटीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थालाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरे।

एसईईतर्फ छात्रः श्रेय शर्मा (GPA 4.0) छात्राः मेघा श्रेष्ठ (GPA 3.96) कक्षा–१२/सीटीईभीटीतर्फ छात्रः हृषव पोखरेल (GPA 3.53)छात्राः मृदुला विष्ट (GPA 3.76)
लाई सम्मान गरिएको सहकारीले जनाएको छ।
त्यसैगरी, शेयर सदस्यहरूमध्ये विद्याभारधि हासिल गर्ने डा. डिल्ली पोखरेल र डा. धर्मराज ढकाललाई सम्मानपत्र, दोसल्ला र टोपीले सम्मान गरिएको थियो।
उत्कृष्ट बचत सम्मान कुलानन्द गच्छदार र कविता घिमिरेले प्राप्त गरे भने असल ऋणी सम्मान अनिल श्रेष्ठलाई प्रदान गरिएको छ।
अग्रज शेयर सदस्य सम्मान केशवबहादुर कार्कीले प्राप्त गर्नुभयो।

१ करोड १३ लाखभन्दा बढी कारोबार

सहकारीका अध्यक्ष दिपक दाहालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा सहकारीले १ करोड १३ लाख ८८ हजार रुपैयाँको कारोबार गरेको छ।
कुल आम्दानी : १३ लाख ६६ हजार ९८९ रुपैयाँ ३३ पैसा

कुल खर्च : ७ लाख ३० हजार ७८३ रुपैयाँ ३८ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।सहकारीले सोही वर्ष

कुल ऋण लगानी : ७६ लाख ९० हजार ९३ रुपैयाँ ९८ पैसा

ऋण तथा ब्याज असुली : २१ लाख ८१ हजार ३५० रुपैयाँ ७९ पैसा
गरेको अध्यक्षले जानकारी दिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]