विराटनगर । शनिबार विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले विद्यमान शासकीय संरचना र निर्वाचन प्रणाली नै मुलुकको विकासमा प्रमुख बाधक बनेको बताएका छन्। पछिल्लो १० वर्षमा १४ पटक सरकार परिवर्तन भएको उल्लेख गर्दै उनले संसदीय प्रणालीकै कारण देशले अपेक्षित विकासको गति लिन नसकेको दाबी गरे।

अध्यक्ष यादवले राष्ट्रपतिले विज्ञहरूको टोली गठन गरी सरकार सञ्चालन गर्नुपर्ने र संसदलाई कानुन निर्माण तथा बजेट तर्जुमाको भूमिकामा सीमित राख्ने व्यवस्था गर्दै संविधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू भए मात्रै सरकार जनताप्रति उत्तरदायी र प्रभावकारी बन्न सक्ने उनको भनाइ थियो।

शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन नगरेसम्म केवल निर्वाचनबाट मात्रै जनताका समस्या समाधान हुन नसक्ने स्पष्ट पार्दै उनले वर्तमान व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गरे।
देशलाई अहिलेको अवस्थामा पुर्याउन कांग्रेस र एमाले मुख्य दोषी रहेको आरोप लगाउँदै अध्यक्ष यादवले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा यी दुई दललाई मतदान नगर्न देशवासीलाई आग्रह गरे।
आयोजित विरोध सभालाई पार्टीका केन्द्रीय सह–अध्यक्ष रकम चेम्जोङले सम्बोधन का क्रममा २८ वुदे माग पूरा गर्न र देशको वर्तमान समस्याको निकासका लागी पहिचानमा आधारित १०प्रदेकाे स्थापना हुनुपर्ने उनकाे धारणा रहेकाे छ।
जनता समाजवादी पार्टी नेपाल कोशी प्रदेशका अध्यक्ष दीपक याख्याको सभापतित्वमा सम्मपन्र भएका थिए।
