मोरङ–५ मा जसपा नेपालका राजकुमार यादवद्वारा ३२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

Logo
प्रकाशित बुधबार, फाल्गुण ०६, २०८२

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल का मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकुमार यादवले ३२ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ।
विराटनगर–१४ स्थित रामजानकी मन्दिर मा आयोजित पत्रकार सम्मेलनमार्फत खुला प्रचार–प्रसार अभियानको औपचारिक सुरुवात गर्दै उहाँले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पूर्वाधार र पर्यटन गरी ६ वटा प्राथमिकता क्षेत्रमा आधारित प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो।
मुख्य प्रतिबद्धताहरू:
सामुदायिक विद्यालयलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने
प्राविधिक तथा सीपमूलक शिक्षामार्फत युवालाई दक्ष बनाउने
क्षेत्र नं. ५ का २४ वटै वडामा प्रभावकारी स्वास्थ्य सेवा विस्तार
बन्द उद्योग पुनः सञ्चालन तथा नयाँ उद्योग स्थापना
सहुलियत ऋणमार्फत उद्यमशीलता प्रवर्द्धन
कृषि आधुनिकीकरण र बजार सुनिश्चितता
सडक, ढल, खानेपानी लगायत पूर्वाधार विकास
धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन
उम्मेदवार यादवले पटक–पटक निर्वाचित जनप्रतिनिधिहरूले क्षेत्र नं. ५ मा शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रमा अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै आफूले परिणाममुखी विकासको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
निर्वाचनमा पराजित भए पनि स्थानीयका सुख–दुःखमा सधैं साथ दिँदै आएको उल्लेख गर्दै उहाँले माघ ६ गते उम्मेदवारी दर्तापछि घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको र निर्वाचन आयोगले तोकेको खुला प्रचार अभियान आजदेखि औपचारिक रूपमा सुरु गरिएको बताउनुभयो।
पत्रकार सम्मेलनमा जसपा नेपालका केन्द्रीय उपमहासचिव रेखा यादव, पूर्व स्वास्थ्य मन्त्री जयराम यादव, केन्द्रीय सदस्यहरू संजय सिंह र अर्जुन थापा लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमा प्रेस मञ्च नेपाल मोरङका अध्यक्ष मुकेश यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]