विराटनगर। मोरङ जिल्ला क्षेत्र नम्बर–६ माआगामीप्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल दिनप्रतिदिन तात्दै गएको छ।
कमविभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
यसैक्रममा उम्मेदवार राजु राजवंशी यतिबेला घरदैलो अभियानमा व्यस्त देखिएका छन्। बिहानदेखि साँझसम्म गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उहाँले आफ्ना चुनावी एजेन्डा र योजनाबारे जानकारी गराइरहनुभएको छ।
घरदैलोका क्रममा स्थानीयवासीले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयमा गुनासो राख्दै समाधानको अपेक्षा व्यक्त गरेका छन्। राजवंशीले जनताको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै विकास र समृद्धिका लागि सहकार्य आवश्यक रहेको बताएका छन्।
निर्वाचन मिति नजिकिँदै जाँदा मोरङ–६ मा राजनीतिक गतिविधि थप सक्रिय बन्दै गएको छ। चोक–चोकमा छलफल, भेटघाट तथा साना–ठूला सभा भइरहेका छन् भने युवादेखि जेष्ठ नागरिकसम्मको चासो बढेको देखिन्छ।
मोरङ–६ को चुनावी प्रतिस्पर्धा यसपटक रोचक बन्ने आकलन गरिँदै छ।
