भोट ल्याइदिने भन्दै रकम लिने ठेकेदार सम्पर्कविहीन।

Logo
प्रकाशित शनिबार, फाल्गुण २३, २०८२

भोट ल्याइदिने भन्दै रकम लिने ठेकेदार सम्पर्कविहीन, पैसा फिर्ता गर्न माग
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूले चुनाव जित्न सहयोग मिलोस् भनेर भोट व्यवस्थापन गर्ने भनिएका “ठेकेदार” वा बिचौलियालाई पैसा दिएका भन्ने आरोप छ।
ती व्यक्तिहरूले “हामी यति भोट ट्रान्सफर गरिदिन्छौं मत ल्याइदिन्छौं” भनेर बोलकबोल गरेका रहेछन्।
बोलकबोल गरे बमोजिम जनताको भोट पार्टीका उम्मेदवारलाई ट्रान्सफर गर्न नसक्दा तनावमा रहेका ठेकेदार बेपत्ता भएको समाचार सूत्रले जानकारी गराएको छ ।
तर चुनावपछि वाचा अनुसार भोट ल्याउन नसकेपछि मोबाइल बन्द गरेर सम्पर्कविहीन भएको भन्ने चर्चा सामाजिक सञ्जालमा फैलिएको छ।
कांग्रेस युवा नेता रञ्जितकुमार झाले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै ठेकेदारलाई रकम फिर्ता गर्न सुझाव दिएका छन् ।
त्यसपछि धेरैले “भोट ल्याउन नसकेपछि पैसा फिर्ता गर्नुपर्छ” भन्ने सुझाव वा आलोचना स्टाटसमा लेखिरहेका छन्।उम्मेदवारसँग १ भोट बापत न्यूनतम २ देखि २० हजारसम्म रुपैयाँ असुली गरेका थिए ।ठेकेदारहरूकाे खाेजि भईरहेकाे स्रोतले जनाएकाे छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]