इन्धनजन्य सामाग्रीमा भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले पूर्वाधार क्षेत्रमा ‘सुनामी’, र निर्माण सामग्रीहरूको अभावका कारण निर्माण उद्योग ठप्प हुने स्थितिमा रहेकाेले ‘म्याद थप’ गर्न निर्माण व्यवसायीहरूले माग गरेकाे छ ।
निर्माण व्यवसायी महासंघ, काेशी प्रदेशकाे अध्यक्ष जनसेवक भण्डारीले पत्रकार सम्मेलन गरि साे माग गरेकाे हाे ।
पूर्व निर्धारित समयमै सकिने कुनै सम्भावना नभएकाले बैंक ग्यारेण्टीइन्धन (डिजेल, पेट्रोल, मट्टितेल) को निरन्तर र अप्रत्याशित मूल्यवृद्धिले निर्माण क्षेत्रलाई ठूलो असर पारेको छ। मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्य बढ्दा ढुवानी खर्च बढेको छ, जसले सिमेन्ट, फलामजस्ता निर्माण सामग्रीको मूल्य पनि महँगो बनाएको छ। यससँगै कतिपय सामग्रीको अभावसमेत देखिएको छ।
देशभरका साना–ठूला निर्माण आयोजना प्रभावित भएका छन्
राष्ट्रिय गौरवका आयोजनाहरू समेत लगभग ठप्प अवस्थामा पुगेका छन्
निर्माण व्यवसायीहरू आर्थिक रूपमा ठूलो दबाबमा परेका छन्
निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशले उठाएका मुख्य मागहरूमूल्यवृद्धि अनुसार मूल्य समायोजन को नयाँ निर्देशिका तुरुन्त जारी गरियोस्।
सबै ठेक्काहरूमा मूल्य समायोजन लागू गरियोस्
व्यवसायीहरूलाई तत्काल राहत उपलब्ध गराइयोस्
परियोजनाहरू समयमै सम्पन्न हुन नसक्ने भएकाले म्याद थप गरियोस्
बैंक ग्यारेन्टी, बीमा र क्षतिपूर्ति सम्बन्धी व्यवस्थामा सहुलियत दिइयोस्
समग्रमा, यदि सरकारले छिटो नीति निर्णय र राहत नदिएमा निर्माण उद्योग नै “धराशायी” हुने जोखिम रहेको सन्देश यस वक्तव्यले दिन्छ।
