ट्रेड युनियन खारेजीको कुरा गर्नेहरू ‘हावा जस्तै बगेर जान्छन्’ः किशोर धमला।

Logo
प्रकाशित शुक्रबार, बैशाख १८, २०८३

विराटनगर जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले नेपालको ट्रेड युनियन आन्दोलनलाई कमजोर पार्ने वा खारेजीको कुरा गर्नेहरू ‘हावा जस्तै बगेर जाने’ चेतावनी दिएका छन्।
१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। उनले श्रमिक आन्दोलन रहरले नभई अधिकारका लागि रगत–पसिना बगाएर स्थापित गरिएको बताए। सरकारले ट्रेड युनियन खारेजीको ‘दिवास्वपना देखिरहेको संकेत गर्दै धमलाले भने, “नेपालको ट्रेड युनियन आन्दोलनलाई यदि कसैले हल्लाउन खोज्यो भने ऊ हावा जस्तै उडेर जान्छ।”
उनले ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास भएमा र जस्ता अन्तर्राष्ट्रिय निकायहरूले कडा प्रतिक्रिया दिने बताए।
कार्यक्रममा बोल्दै उनले काठमाडौँमा सुकुम्बासी बस्तीमा डोजर चलाइएको घटनाप्रति कडा आलोचना गरे। विकल्प र व्यवस्थापन बिना बस्ती हटाउँदा एक श्रमिकले आत्मदाह गर्नुपरेको घटनाप्रति दुःख व्यक्त गर्दै उनले सरकारले श्रमिकप्रति संवेदनशील हुनुपर्ने बताए।
“सरकार परिवर्तन भइरहन्छन्, तर श्रमिकको पीडा घटेको छैन,” उनले भने, “सुकुम्बासीका घर भत्काउनु अघि उनीहरूको उचित व्यवस्थापन गर्नुपर्थ्यो।”
धमलाले जिफन्टका सदस्यहरूलाई अनुशासित र मर्यादित बन्न आग्रह गर्दै श्रमिकको सम्मान नगर्ने राष्ट्र अगाडि बढ्न नसक्ने जिकिर गरे।
सोही कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले श्रमिकहरूको हकहितमा उद्योग क्षेत्र सकारात्मक रहेको बताए। उनले श्रमिकको मेहनतले नै उद्योग सञ्चालन सम्भव हुने भन्दै श्रमिक र रोजगारदाताबीच सुमधुर सम्बन्ध आवश्यक रहेको धारणा राखेका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]