विराटनगरमा । मधेसी समुदायलाई एकजुट बनाउन विराटनगरमा विशेष सम्मेलनकाे आयाेजना हुने भएकाे छ।
भाेलि १७गते आईतवारका दिन सम्मेलन राखिएको छ।
मधेसी समुदायलाई एकै ठाउँमा उभ्याउने उद्देश्यसहित सम्मेलन हुनलागेको हाे।, विभिन्न दलका नेता, उद्योगी–व्यवसायी र बुद्धिजीवीको सहभागिता रहने। विराटनगरमा जेठ १७ गते मधेसी एकता सम्मेलन आयोजना हुने भएको छ। मधेसी समुदायको राजनीतिक एकता सुदृढ गर्दै आगामी निर्वाचनमा बढीभन्दा बढी मधेसी उम्मेदवारलाई विजयी गराउने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको हो।
मधेसी उत्थान विचार मञ्च विराटनगर–मोरङको आयोजनामा हुने सम्मेलन विराटनगरस्थित स्टन स्टार होटलको सभा हलमा आयोजना गरिने मञ्चका संयोजक उमेश यादवले जानकारी दिए।
उनका अनुसार सम्मेलनमा मधेसवादी तथा विभिन्न दलमा आबद्ध मधेसी नेताहरू, विभिन्न क्षेत्रका अगुवा, बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहनेछ। सम्मेलनमार्फत मधेसी समुदायका साझा मुद्दा, अधिकार र राजनीतिक प्रतिनिधित्वका विषयमा छलफल गरिने आयोजकले जनाएको छ।
