मोरङको बुढीगंगा गाउँपालिका–१ टंकी सिनवारी क्षेत्रमा सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरिएको रु. ७ लाख ८२ हजार ८० बराबरका विभिन्न सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी, मोरङबाट खटिएको टोलीले आइतबार (२०८३ असार २९) विभिन्न सवारीसाधनमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
बरामद सामानमध्ये रु. ४ लाख ५५ हजार ६२५ बराबरको लत्ताकपडा, रु. ५१ हजार ५५ बराबरको किराना सामग्री तथा रु. २ लाख ७५ हजार ४०० बराबरको मल्टिभिटामिन रहेका छन्।
सशस्त्र प्रहरीले बरामद गरिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाइएको जनाएको छ।
