नेपाली कांग्रेसका नेता राजेश कुमार गुप्ताले कोशी प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने।

Logo
प्रकाशित बुधबार, आश्विन २८, २०८३

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका चर्चित नेता राजेश कुमार गुप्ताले पार्टीको आगामी प्रदेश अधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।
‎हाल नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष रहेका गुप्ताले आगामी पाँच वर्ष संगठन सुदृढीकरणमा काम गर्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिने जानकारी विराट प्रेसलाई दिएका हुन्।
‎यसअघि प्रदेशसभा निर्वाचनमा पराजित भएका गुप्ताले अब पार्टी संगठनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। पार्टीको संगठन विस्तार, कार्यकर्ताको सक्रियता र संगठनलाई थप बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ।
‎गुप्ताको उम्मेदवारी घोषणासँगै नेपाली कांग्रेस कोशी प्रदेशको आगामी अधिवेशनमा महामन्त्री पदको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]