२३ पुस, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गत बिहीबार नेपालमा लोडसेडिङ अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको दाबी गरे । प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा पोखरेलले २५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग प्रसारणलाइन र विद्युत् खरिद सम्झौता गरेर लोडसेडिङ हटाउने आधार बनाएको बताएका थिए ।