 
   
विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने भएकाे  छ । वि.सं. १९८८ सालमा खटयात्राबाट सुरु भएको यात्रा २०२५ सालदेखि रथयात्रामा परिणत भएको थियो  । यो ९३औं संस्करणको रथयात्रा हो ।
श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर मंगलबार भव्य र सब्य रुपमा रथयात्रा निकालिन  लागेको जानकारी गराएको हाे।                                   रथयात्रा आयोजक समितिका सचिव कृष्णबहादुर कार्कीले ६ घण्टामा रथयात्राले ९ किलोमिटरको दूरी तय गर्ने बताए ।पत्रकार सम्मेलनमा अध्यक्ष रेग्मीले भने अहिलेसम्म ४६ वटा झाँकी दर्ता भइसकेकाे छ।  दर्ता हुने क्रम जारी रहेकोले ६० भन्दा बढि झाँकी रथयात्रामा सहभागि हुनेछन् ।                              रथयात्रालाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ । उपाध्यक्ष नन्दकिशोर राठीले रथयात्रामा व्यवसायीक विज्ञापन माथि प्रतिबन्ध लगाइएको बताए   श्रीराधाकृष्ण रथयात्रा दक्षिण एसियाकै सबैभन्दा ठुलो रथयात्रा  मनाउने भएकाे छ ।                            रथयात्राको नेपाल र भारतका ५ लाख भन्दा बढि धर्मावलम्बीहरूले अवलोकन गर्ने  आयाेजकले जनएकाे  छ।
