विराटनगरमा असोज ३१ गते म्युजिक फेस्टिवल हुने।

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०८२

विराटनगर, असोज २३ – लाइभ इन्टरटेनमेन्टले आउँदो असोज ३१ गते शुक्रबार विराटनगरमा विराटनगर म्युजिक फेस्टिवल आयोजना गर्ने भएको छ।

फेस्टिवलका व्यवस्थापक एवं संयोजक सन्तोष महत (स्यान्ट्रो) ले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालीहरूको महान चाड शुभ दीपावलीको अवसरमा जेन–जि युवा पुस्तालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।

उनका अनुसार जैन भवन, विराटनगरमा हुने सो म्युजिक फेस्टिवलमा २० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। कार्यक्रममा मनोरञ्जनपूर्ण सांस्कृतिक प्रस्तुति, संगीत र विभिन्न आकर्षक कार्यक्रमहरू हुने छन्।

फेस्टिवलका लागि भिआइपी टिकट मूल्य एक हजार रुपैयाँ र सामान्य टिकट मूल्य तीन सय रुपैयाँ तोकिएको संयोजक महतले जानकारी दिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]