

विराटनगर, असोज २६ – जनता समाजवादी पार्टी, नेपाल (जसपा) को कोशी प्रदेश एकताको प्रथम अधिवेशन विराटनगरमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताउनुभयो।
अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीको स्वरूप परिवर्तन गर्नुपर्ने र संविधान पुनर्लेखन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले हालको सात प्रदेशीय संरचना पर्याप्त नभई दश प्रदेशीय संरचना उपयुक्त हुने धारणा पनि व्यक्त गर्नुभयो।
देशलाई राजनैतिक रूपमा निकास दिनुपर्ने उनकाे धारणा रहेकाे छ। सघियता ,पहिचान र सामर्थ्यकाे आधारमा हुनुपर्नेमा जाेड दिएका थिए।
ढ
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सह–अध्यक्ष रकम चेमजोङ, केन्द्रीय सचिव राजकुमार राई,लाक्पा सेर्पा केन्द्रीय सदस्य जयराम यादव, सञ्जय सिंह, मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव लगायतका नेताहरूले मन्तव्य राखेका थिए।
अधिवेशनले कोशी प्रदेशमा पार्टीको नयाँ नेतृत्व चयन हुनेभएकाे छ।
कार्यक्रम जसपा नेपाल कोशी प्रदेशका अध्यक्ष दिपक याखाको अध्यक्षतामा सम्पन्न भएको छ।