आर्थिक समृद्धिको आधार निजी क्षेत्रप्रतिको विश्वास : अर्थमन्त्री खनाल ।

Logo
प्रकाशित बुधबार, पुष ०९, २०८२

विराटनगर । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले , आर्थिक समृद्धिको आधार निजी क्षेत्रप्रतिको विश्वास गरेर मात्र मुलुकको अर्थतन्त्र सुदृढ गर्न सकिने बताएका छन्।
बुधबार विराटनगरमा आयोजित ‘विराट एक्स्पो’ को उद्घाटन समारोहमा बोल्दै उनले कर प्रशासनलाई पूर्ण रूपमा प्रविधिमैत्री र झन्झटमुक्त बनाउँदै संघीयतालाई संस्थागत गर्ने प्रतिबद्धता जनाए।
निजी क्षेत्रप्रति लक्षित गर्दै अर्थमन्त्री खनालले ‘पूर्ण लेखापरीक्षण’ को नाममा व्यवसायीलाई त्रसित बनाउने अभ्यास अब बन्द गरिएको जानकारी दिए। तथ्याङ्क विश्लेषण गर्दा पूर्ण अडिटबाट राजस्व वृद्धिमा खासै योगदान नपुगेको, बरु व्यवसायीले अनावश्यक दुःख पाएको र बिचौलिया मौलाएको पाइएकाले अब जोखिममा आधारित परीक्षण प्रणाली लागू गरिएको उनले स्पष्ट पारे।
संघीयताको वास्तविक कार्यान्वयनका लागि केन्द्रमा केन्द्रित शक्ति र अधिकार प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए।
“हामी व्यवसायीलाई विश्वास गर्छौँ। यदि राज्यले राम्रो पूर्वाधार, स्वास्थ्य सेवा र सुरक्षा उपलब्ध गराउँछ भने नागरिक र व्यवसायीले कर तिर्न हिचकिचाउँदैनन्,” अर्थमन्त्री खनालले भने।
उनले आन्तरिक राजस्व विभागमा हाल बिजनेस प्रोसेस रिइन्जिनियरिङ को काम भइरहेको जानकारी दिँदै कर प्रणालीलाई सरल, पारदर्शी र प्रविधिमा आधारित बनाइने बताए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]