विराटनगर, फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भौतिक चुनौतीसँगै डिजिटल प्लेटफर्महरू पनि प्रमुख चुनौतीका रूपमा देखिएका छन्।
निर्वाचन प्रचार–प्रसारका लागि सामाजिक सञ्जाल हाल प्रमुख माध्यम बन्दै गएका बेला, यसपटकको निर्वाचनमा ती सञ्जालमार्फत फैलिन सक्ने मिथ्या सूचनाले निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्न सक्ने निष्कर्ष निर्वाचन आयोगले निकालेको छ।
एक कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले आगामी निर्वाचनमा सामाजिक सञ्जाल नै मुख्य चुनौतीका रूपमा देखा परेको बताउनुभयो।
कोशी प्रदेशमा कुल मतदाता संख्या ३५ लाख ७४ हजार ३१० रहेको छ।
