विराटनगर मोरङको जतुवास्थित गुरुकुल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई समाजसेवी तथा ईन्जिनियर धर्मेन्द्र यादवले स्टेशनरी सामग्री वितरण गरेका छन्। नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक कापी, कलम लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
विद्यार्थीहरूको पढाइमा सहयोग पुग्ने उद्देश्यले सामग्री वितरण गरिएको बताइएको छ। विद्यालय का प्र अ हरीप्रसाद ढुंगानाले यस सहयोगका लागि यादवप्रति आभार व्यक्त गरेको छ।
अनुमानित लागत२०हजार भन्दा बढी खर्चको स्टेसनरी वितरण गरेकाे ईन्जिनियर यादवकाे भनाई रहेकाे छ।
साे कार्यक्रममा नेता उमेश यादव, समाजसेवी नारायण यादवलगायका व्यक्तिहरूकाे उपस्थिति रहेका थिए।
