सप्तरीमा जसपा नेपाल प्रवेश लहर: दिलकुमारी चौधरीसहित दर्जनौँ नेता–कार्यकर्ता पार्टीमा प्रवेश।

Logo
प्रकाशित मंगलबार, माघ २१, २०८२

विराटनगर माघ — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीमा चुनावी छलफल र भेंटघाटलाई तीव्र बनाएसँगै विभिन्न दल परित्याग गरी नेता–कार्यकर्ताहरू जसपा नेपालमा प्रवेश गर्ने क्रम बढेको छ।
यसक्रममा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य दिलकुमारी चौधरी जसपा नेपालमा प्रवेश गरेकी छन्। यसअघि उनी जसपा नेपालको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिइन्। पार्टी विभाजनपछि उनले जसपा परित्याग गरी नागरिक उन्मुक्ति पार्टी रोजेकी थिइन्। चौधरी थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ मधेश प्रदेशकी उपाध्यक्ष समेत हुन्।
पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहका अनुसार कलाकारिता क्षेत्रमा सक्रिय थारु नेता गोपाल प्रसाद चौधरी पनि सोमबार जसपा नेपालमा प्रवेश गरेका छन्। त्यसैगरी युवा नेता शिवशंकर यादव ‘शिवम’ पनि पार्टी प्रवेश गरेका छन्। पार्टी विभाजनताका उनी अशोक राई नेतृत्वको जसपामा संलग्न थिए। मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेका यादवको आगमनले युवा संगठनमा थप ऊर्जा मिल्ने साहले बताए।
अध्यक्ष उपेन्द्र यादवले विगतका सहकर्मीहरू पुरानै घर जसपा नेपालमा फर्किन थालेकोमा स्वागत गर्दै खुशी व्यक्त गरेका छन्। शोषित, उत्पीडित तथा विभेदमा पारिएका जाति–समुदायको हक, अधिकार, विकास र समृद्धिको स्पष्ट दृष्टिकोण जसपा नेपालसँग मात्रै रहेको उनले बताए। मधेश आन्दोलनबाट प्राप्त उपलब्धि कमजोर पार्न विभिन्न तत्व सक्रिय रहेको उल्लेख गर्दै त्यसविरुद्ध एकताबद्ध हुन उनले आह्वान गरे।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]