नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि अध्यक्षमा राउत निर्वाचित भएका हुन् ।
विराटनगरमा आइतबार राति सम्पन्न महासंघको ८औँ प्रदेशसभाबाट कार्यसमितिमा उनको प्यानलै आएको छ । अध्यक्षका प्रतिष्पर्धी नवीन रिजाललाई राउतले ८४ मतान्तरले पराजित गरेका हुन् । राउतले १४२ मत प्राप्त प्राप्त गर्दा रिजाल ५८ मतमा सीमित भए ।
राजेन्द्र राउतको समूहबाट बिजयी हुनेमा जिल्ला नगरतर्फको उपाध्यक्षमा झापाका ऋषीराज तिम्सिना, वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा विराटनगरकै रविन दाहाल निर्विरोध चयन भएका छन् ।
कोषाध्यक्षमा विराटनगरकै श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन । एसोसिएट सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ पनि निर्विरोध चयन भएका छन् ।
जिल्ला नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्क बहादुर श्रेष्ठ, नविन कुमार चौधरी निर्वाचित भएका छन । बस्तुगत तर्फबाट सुवाश आचार्य र दिपक पाण्डे बिजयी भएका छन ।
महासंघ कोशीमा जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटबाट १४८ गरी २०५ मतदाताले महासंघको नेतृत्व चयनका लागि मतदानमा सहभागि भएका थिए ।

